ad ad

राजनीति


निर्वाचन परिणाम टुंगिदै गर्दा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

निर्वाचन परिणाम टुंगिदै गर्दा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०७९ शनिबार १३:५६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुबीच भेटवार्ता भएको हो।

उक्त भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। 

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेका थिए।

तर खास गरी माओवादीमा सोचेअनुसार परिणाम नआएको भन्दै असन्तुष्टि बढेको छ। 

शुक्रबार गोरखा पुगेका प्रचण्डले सोचे जस्तो परिणान नआएको भन्दै यसबारेमा गठबन्धनको बैठक तत्कालै बसेर समीक्षा गर्ने बताएका थिए।

यो निर्वाचनमा कांग्रेसले कम्तीमा पनि ६५ सिट र माओवादीले ४५ सिट जित्ने आँकलन थियो। 

तर कांग्रेस ५० आसपास र माओवादी १८ आसपासमा रोकिने अवस्था छ। यसलाई लिएर नेताहरुबीच असन्तुष्टि बढेका बेला दुई नेता भेट गरेका हुन्। 

निर्वाचन परिणाम आउँदै गर्दा गठबन्धनको पनि स्पष्ट बहुमत आउने अवस्था देखिएको छ। यस्तो अवस्थामा सत्तारूढ दलहरु छलफलमा जुटेका हु्न्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .