ad ad

राजनीति


एकीकृत समाजवादीले चुनावी समीक्षा गर्न जिल्ला कमिटीसँग प्रतिवेदन माग्यो

एकीकृत समाजवादीले चुनावी समीक्षा गर्न जिल्ला कमिटीसँग प्रतिवेदन माग्यो

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १५:५९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले जिल्ला कमिटीबाट प्रतिवेदन झिकाएर चुनावको समीक्षा गर्ने भएको छ। 

पार्टीको केन्द्रीय सचिवालय बैठकले जिल्ला कमिटीबाट प्रतिवेदन झिकाएर चुनावको समीक्षा गर्ने निर्णय गरेको हो।

मंगलबार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालयको ४२ औं बैठकले गत ४ गते मतदान भई अझै मत गणना जारी रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सामान्य समीक्षा गरी विस्तृत समीक्षाका लागि प्रदेश र जिल्ला कमिटिबाट प्रतिबेदन झिकाउने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए।

बैठकले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाता, वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी दलहरू र निर्वाचन सम्पन्न गर्न खटिएका सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै निर्वाचित भएका सबैलाई बधाई ज्ञापन गरेको छ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ १० सिट जितेको छ भने समानुपातिकमा तीन प्रतिशत थ्रेसहाेल्ड कटाउन संघर्षरत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .