राजनीति


बिहानै झापा पुगेर विश्वप्रकाशले भने : परिवर्तनको अभियान प्रारम्भ भइसकेको छ

बिहानै झापा पुगेर विश्वप्रकाशले भने : परिवर्तनको अभियान प्रारम्भ भइसकेको छ

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १०:१५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा फेरि झापा पुगेका छन्। झापा क्षेत्र नम्बर १ बाट निर्वाचित शर्मा ‘मतदाता सम्मान अभियान’का लागि आजै बिहान त्यहाँ पुगेका हुन्।

यसअघि पनि उनी झापामै थिए। सहकर्मी गगन थापा (कांग्रेस महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य) लाई भेट्न शर्मा झापाबाट हवाई यात्रामार्फत मंगलबार अपराह्न काठमाडौं आएका थिए। 

‘केवल एक साँझ काठमाडौँ बसेर बिहानै झापा पुगेको छु’, कांग्रेस महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘झापा १ मा ‘मतदाता सम्मान अभियान’ केही बाँकी वडामा केही दिन केन्द्रित रहेर, काठमाडौँ पुग्नेछु।’  

संघीय सांसद शर्माले ‘परिवर्तनको अभियान प्रारम्भ भइसकेको’ उल्लेख गर्दै यसलाई निर्णायक बनाउन सबैको सहयोग पाउने अपेक्षा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .