ad ad

राजनीति


नयाँ सरकारबारे छलफल गर्न सोमबार सत्ता गठबन्धन बैठक

नयाँ सरकारबारे छलफल गर्न सोमबार सत्ता गठबन्धन बैठक

फाइल तस्बिर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १८:१६, काठमाडौँ

नयाँ सरकारका लागि बहुमत जुटाउने रस्साकस्सीमा रहेको पाँच दलीय सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतवार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठक सोमबार बस्ने जानकारी दिएका हुन्। 

'सरकार गठनबारेमा पार्टीमा पनि उल्लेखनीय रुपमा विषय प्रवेश भएको छैन। अहिले गठबन्धनमा भएका हुनाले गठबन्धनका घटकहरुबीच पनि कुरा हुन बाँकी छ', गुरुङले भने, 'गठबन्धन नै मुख्य रुपमा रहेको हुनाले त्यहीँ रहेर सोच्ने कुरा छ। छिट्टै गठबन्धनको बैठक बस्नुपर्छ। निर्वाचनको समीक्षा पनि हुनुपर्छ। भोलि गठबन्धनको बैठक आह्वान भएकाले अलिक धेरै त्यहाँ छलफल हुन सक्छ।'

उनले पार्टी पदाधिकारी बैठकमा निर्वाचनकै सन्दर्भमा समीक्षा भएको बताए। 'हिजो र आज निर्वाचनकै समीक्षा भएको छ। अझ विस्तृत रुपमा फेरि स्थायी समितिले समीक्षा गर्ला', उनले भने, 'सुरुवाती समीक्षाका आधारमा निर्वाचन मूलभूत रुपमा सम्पन्न भएको छ। निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि यो सफल भएको छ।'

उनले अब यसलाई स्वीकार गरेर नै अगाडि बढ्नुपर्ने बताएका छन्। 'पार्टीका सीमा र कमीकमजोरीलाई सुधार गर्दै लैजाने भन्ने भएको छ', उनले भने, 'निर्वाचनमै केन्द्रित भएर कुरा भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .