ad ad

राजनीति


प्रधानमन्त्री देउवाको चुनाव खर्च २६ लाख १२ हजार

प्रधानमन्त्री देउवाको चुनाव खर्च २६ लाख १२ हजार

फाइल फोटाे


नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १८:२५, काठमाडौँ

प्रधानमन्त्री एवम् डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर देउवाले चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन्। 

देउवाले चुनावी खर्च २६ लाख १२ हजार बुझाएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अवस्थीले बताए।

२० जना उम्मेदवारमध्ये १४ जनाले अहिलेसम्म खर्च विवरण बुझाएका छन्। ‘खर्च विवरण बुझाउने क्रम जारी नै छ,’ उनले भने।

मंसिर ४ गते सम्पन्न आम निर्वाचन डडेल्धुराका प्रत्यक्षतर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन्।

प्रतिनिधि सभातर्फ क्रमशः नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९०, राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्।

यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन्।

हरेक राजनीतिक दलबाट बन्द सूचीमा रहेका समानुपातिक उम्मेदवारमध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .