ad ad

राजनीति


रविको नागरिकता विवादः अमेरिकी दूतावाससँग कागजात माग्दै सरकार

रविको नागरिकता विवादः अमेरिकी दूतावाससँग कागजात माग्दै सरकार

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १८:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्रपछि सम्बन्धित कार्यालयहरुबाट जानकारी माग गर्न थालेको हो। 

नेपाल प्रहरीले लामिछानेका नेपाली र अमेरिकी कागजातका बारेमा सत्यतथ्य बुझ्ने प्रक्रिया अगाडि बढाएको हो। नेपाली नागरिकताको विवरण माग गर्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्राचार गरेको छ। 

यस्तै, अमेरिकी नागरिकता र राहदानीको विषयमा बुझ्न पनि काठमाडौं प्रहरी परिसरले उपत्यका प्रहरी कार्यालय मार्फत प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। 

प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी माग गर्न गृह मन्त्रालयमा पत्र पठाएको छ। गृहले परराष्ट्र मन्त्रालय मार्फत अमेरिकी दूतावासमा जानकारी माग गर्ने छ। परराष्ट्र स्रोतले भने अहिलेसम्म अमेरिकी दूतावासमा पत्राचार गरिनसकेको दाबी गरेको छ।

‘हामीले दुई दिन पहिले नै गृह मन्त्रालयमा यस बारेमा बुझिदिन माग गर्दै पत्राचार गरेका थियौं। गृहले परराष्ट्र मार्फत दूतावासमा पत्राचार गर्छ’, प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भन्यो। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले प्रशासनको पत्रपछि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको बताए। दुवै देशबाट जारी भएको नागरिकता र पासपोर्टको विवरणसहितका जानकारी आएपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाउने भएको छ। 

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको र पछि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिई पूरानै नागरिकताका आधारमा काम गरिरहेको आरोप छ। 

निर्वाचन अघि नै यस विषयमा उजुरी परे पनि आयोगले यस बारेमा कुनै निर्णय गरेको थिएन। निर्वाचनको मत परिणाम घोषणा भइसकेकाले यो विषय आयोगबाट बाहिर पुगेको हो। 

अब रविको नागरिकता विवाद अदालतबाट मात्रै टुंगो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .