ad ad

राजनीति


नयाँ सरकारको दौडधुप : खुमलटारमा प्रचण्ड–सिटौला वार्ता

नयाँ सरकारको दौडधुप : खुमलटारमा प्रचण्ड–सिटौला वार्ता

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १९:१३, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भेटेका छन्। 

सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो। 

प्रधानमन्त्रीका रुपमा निरन्तरता चाहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दिनयता तीनजनाभन्दा धेरै दूतहरुलाई खुमलटार पठाइसकेका छन्। 

दुई दिनअघि देउवाको दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका थिए। 

मंसिर ४ को निर्वाचनपछि पहिलो पटक आफूलाई भेट्न आएका सिटौलासँग प्रचण्डले अबको प्रधानमन्त्रीका रुपमा आफ्नो इच्छा प्रकट गरेको स्रोतले जनाएको छ।

नेपाली कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि विवाद रहेका बेला प्रचण्ड पनि पाँच वर्षे कार्यकालमध्ये पहिलो अढाई वर्ष प्रधामन्त्री हुने योजनामा छन्। 

यस्तोमा सिटौलासँग भएको संवादलाई अर्थपूर्ण मानिएको छ। तर प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफ्नो इच्छा व्यक्त गरेको कुराको औपचारिक पुष्टि गरेको छैन। 

यता सचिवालयले भने मंसिर ४ को निर्वाचनमा विजयी भएकोमा चुनाव जितेकोमा प्रचण्डलाई बधाई नेता सिटौला खुमलटार गएको जनाएको छ। 

सत्ता गठबन्धन दल कांग्रेसमा देउवा, महामन्त्री गगन थापा र वरिष्ठ नेता रामचन्द्र पौडेलल पनि प्रधानमन्त्रीका दाबेदार छन्। गठबन्धनमा देउवा, प्रचण्ड र माधवकुमार नेपालले पनि प्रधानमन्त्रीको इच्छा देखाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .