ad ad

राजनीति


सर्लाहीमा ५७ हजार मत बदर

सर्लाहीमा ५७ हजार मत बदर

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार ५:३७, सर्लाही

गएको निर्वाचनमा सर्लाहीमा ५७ हजार भन्दा बढी मत बदर भएको छ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरेर सर्लाीमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी ५७ हजार ५७७ मत बदर भएको हो। 

प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ सर्लाहीका चार निर्वाचन क्षेत्रमा १५ हजार सात मत बदर भएको छ।

क्षेत्र नम्वर १ मा ७५ हजार ४९३ मत खसेको थियो। त्यसमध्ये चार हजार ११९ मत बदर भएको छ। 

त्यसैगरी क्षेत्र नम्वर २ मा ७४ हजार ४१९ मत खसेकोमा तीन हजार ९५०, क्षेत्र नम्वर ३ मा ८० हजार ५६५ मत खसेकोमा तीन हजार ३६६ र क्षेत्र नम्वर ४ मा ७२ हजार ८५५ मत खसेकोमा तीन हजार ५७२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय मलंगवाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .