ad ad

राजनीति


निर्वाचनमा मतदानको प्रकृतिलाई मन्त्रिपरिषदले समेटेको छ : प्रधानमन्त्री प्रचण्ड

निर्वाचनमा मतदानको प्रकृतिलाई मन्त्रिपरिषदले समेटेको छ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
पुस ११, २०७९ सोमबार २०:५१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा जनताले दिएको जनमतलाई मन्त्रिपरिषदले समेटेको बताएका छन्। 

सोमबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको जनादेशलाई मन्त्रिपरिषदले समेटेको बताए। 

‘पक्कै पनि थुप्रै जटिलता र चुनौतीहरु छन्’ उनले भने, ‘तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ, गएको निर्वाचनमा मतदानको जस्तो प्रकृति देखियो त्यसलाई समेटेको छ, यो मन्त्रिपरिषदले। एउटा आशा जगाएको छ।’

उनले वर्तमान मन्त्रिपरिषदले जनतामा आशा जगाएको दाबी पनि गरे। साथै, उनले जनतालाई शुशासन दिने विषयमा मन्त्रिपरिषदले प्राथमिकता दिने बताए। 

राहदानी, लाइसेन्स बनाउन लाग्ने लामो लामो लाइनको छिट्टै अन्त्य गर्ने पनि उनले प्रतिवद्धता जाहेर गरे।

उनले भने, ‘हामीले आजको बैठकमा नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतिपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने, प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने कुरा। सुशासनतिर गम्भीर ढंगले अघि बढ्नेकुरा र जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउने बारे। जस्तो राहदानी, लाइसेन्स सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ। प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेका छौँ । हामीले गम्भीर रुपले देश र जनताका अघि रहेका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित हुनेछौँ।’

उनले आज बसेको मन्त्रिपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि बताए। 

सोमबार मात्रै तीन उपप्रधानमन्त्री सहित आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .