राजनीति


प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल, मुख्य एजेण्डा एकता

प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल, मुख्य एजेण्डा एकता

फाइल।


नेपालखबर
पुस २४, २०७९ आइतबार ११:११, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्। 

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। वाम एकताका लागि पहल भइरहँदा शीर्ष नेताहरुबीचको यो छलफलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

माओवादी केन्द्रले शनिबार मात्रै वृहत् वाम एकताका लागि ५ सदस्यीय वार्ता टोली गठन गरेको छ। सोही अनुसार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आज राजनीतिक समितको बैठकमार्फत एकताको अन्तिम तयारी रहेको बताएको छ।

त्यसअघि प्रचण्ड, नेपाल र यादव छलफलमा जुटेका हुन्। एकीकृत समाजवादीले प्रचण्ड सरकारलाई समर्थन पनि गरेको छैन। सरकारलाई समर्थन जुटाएर सरकारमा समेत सहभागी गराउने प्रयास प्रचण्डले गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad