प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।
भेटमा समसामयिक राजनीति र मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्डले भोलि (आइतबार) बेलुकीसम्म सरकारले पूर्णता पाइसक्ने बताएका छन्। शनिबारै बालुवाटारमा सम्पादकहरुसँगको छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीमा छलफल भइरहेको बताएका थिए।
सोही अनुसार मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल गर्न लामिछाने बालुवाटार पुगेको स्रोतको भनाई छ।
पुस ३०, २०७९, शनिबार
216
Shares
प्रतिक्रिया