राजनीति


वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे अर्थमन्त्री पौडेल

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे अर्थमन्त्री पौडेल

नेपालखबर
माघ ४, २०७९ बुधबार ९:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार बिहान सुमेरु अस्पताल पुगेका छन्। 

अघिल्लो बुधबार रोल्पा गएका पुनलाई शनिबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु अस्पतालमा भर्ना गरिएको हो।

एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले सुमेरु पुगेर पूर्वमन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

यसअघि मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनलाई भेटेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .