ad ad

राजनीति


गृहमन्त्रीले भने- प्रेम आचार्यले आत्मदाह गर्नुमा म र हामी दोषी छौं

गृहमन्त्रीले भने- प्रेम आचार्यले आत्मदाह गर्नुमा म र हामी दोषी छौं

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ११, २०७९ बुधबार १०:२४, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेले मंगलबार दिउँसो संसद् भवनअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई बचाउन नसक्नुनमा नयाँ राजनीतिक दल र आफू दोषी भएको स्वीकार गरेका छन्। 

सामाजिक सञ्जालबाट आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री लामिछानेले आचार्यलाई उत्साह थपेर आत्मदाहको निर्णय फेर्न नसकेकोमा माफी समेत मागेका छन्। 

‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन,’ लामिछानेले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु।’

उनले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम समेत रहेको उनले बताएका छन्। 

‘एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं,’ लामिछानेले भनेका छन्, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम  हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .