नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहले राजनीतिज्ञहरुलाई कठघरामा उभ्याएको बताएका छन्।
नयाँ बानेश्वरमा आत्मदाह गरेका आचार्यलाई श्रद्धाञ्जली दिएरमात्र राजनीतिकर्मीलाई उन्मुक्ति नमिल्ने उनको भनाइ छ।
‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ,’ महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दुःखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन।’
उनले आचार्यको आत्मदाहको ऐनामा आफूहरुको अनुहार रहेको भन्दै भिन्न नसोच्दासम्म भिन्न हुन नसक्ने जिकिर गरेका छन्।
‘नीति बदलिएर पुगेन, थिती बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ,’ शर्माले लेखेका छन्, ‘उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ। केहीभिन्न नसोची यो भिन्न बन्न सक्दैन।’
Shares
प्रतिक्रिया