ad ad

राजनीति


माओवादी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनबारे छलफल हुँदै

माओवादी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनबारे छलफल हुँदै

माओवादी स्थायी समिति बैठक। तस्बिर : रासस


नेपालखबर
माघ १३, २०७९ शुक्रबार १२:३४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। 

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पेस गरे ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ बारे छलफल सुरु भएको छ। 

बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले उक्त प्रतिवेदन पेस गरेका थिए। 

शुक्रबारको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ। 

बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो। 

बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ पनि गरेका थिए। 

बैठकमा एमालेसँग पुस १० गते भएको सहमतिकै कोर्षमा रहे पनि राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई पनि मिलाएर लानुपर्ने कुरा उठेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .