ad ad

राजनीति


अध्यागमन विभागको सर्भर डाउन, विमानस्थलमा सवा घन्टादेखि उडान रोकियो

अध्यागमन विभागको सर्भर डाउन, विमानस्थलमा सवा घन्टादेखि उडान रोकियो

फाइल तस्बिर।


नेपालखबर
माघ १४, २०७९ शनिबार १५:२७, काठमाडौँ

त्रिभुवन विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। केही घन्टादेखि अध्यागनम विभागको सर्भर डाउन हुँदा उड्नपर्ने र अवतरण हुनुपर्ने जहाज रोकिएको हो। 

अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा डेढ घन्टादेखि उडान अवरुद्ध भएको महाप्रबन्धक प्रेम ठाकुरले जानकारी दिए। 

‘इमिग्रेशनको सर्भर डाउन भएको छ। सवा घन्टा भइसक्यो। अराभइल र डिपार्चर दुवै बन्द छ,’ नेपालखबरसँग ठाकुरले भने।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन्।  

डेढ घन्टादेखि विमानस्थल अवरुद्ध हुँदा भिडभाड बढेको ठाकुरले बताए। गन्तव्यमा हिँडेका यात्रुहरु अपलत्र परेपछि आका्रेशित समेत हुन लागेको उनले बताए। 

‘हामीले सर्भर चाँडै बनाउनुस् भनेर भनेका छौं। यो गृह मन्त्रालय अन्तर्गतको कुरा हो,’ उनले भने, ‘चाँडै बन्छ होला भन्नेमा छौं।’

सर्भरमा समस्या भएपछि लगभग ५/६ वटा अन्तर्राष्ट्रिय उडान उडान रोकिएको छ। फ्लाई दुबई, एयर इन्डिया, थाई स्माइल र नेपाल एयरलाइन्सका विमानको उडान बन्द भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .