राजनीति


रविले लिए नागरिकता, रास्वपाको सभापति पदमा फर्काइँदै

रविले लिए नागरिकता, रास्वपाको सभापति पदमा फर्काइँदै

जिल्ला प्रशासन कार्यालयमा रवि। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ १५, २०७९ आइतबार १४:१५, काठमाडौँ

रवि लामिछानेले नागरिकता पुनप्राप्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (स्वतन्त्र) को केन्द्रीय समिति बैठक बस्दैछ।

पार्टी कार्यालय धुम्बाराहीमा अहिले केही बेरपछि बस्ने बैठकले लामिछानेलाई पुनः सभापतिमा फर्काउने निर्णय गर्दैछ।

‘अहिले केहीबेरपछि केन्द्रीय समिति बैठक बस्दैछ,’ उपसभापति डोलप्रसाद अर्यालले नेपालखबरसँग भने, ‘सभापतिको विषय लगायतका केही एजेण्डामाथि छलफल गरेर निर्णयमा पुग्छौँ।’

यसअघि शुक्रबार सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको भन्दै उनको सांसद पद खारेज गरेको थियो।

नागरिकता नभएकै कारण उनको नेतृत्वमा गठन भएको रास्वपाको सभापति पद पनि गुमेको थियो।

रविको पद गएपछि शुक्रबार बेलुका रास्वपाको आकस्मिक केन्द्रीय समितिको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति चयन गरेको थियो। 

साथै त्यही बैठकले अर्याललाई संसदीय दलको नेता पनि चयन गरेको छ। 

रविको सांसद पद नै गएपछि चितवनमा कसरी जानेबारेमा छलफल गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .