राजनीति


सिंहदरबारमा देउवा, माधव नेपाल र महन्थ ठाकुरबीच बैठक

सिंहदरबारमा देउवा, माधव नेपाल र महन्थ ठाकुरबीच बैठक

नेपालखबर
माघ २१, २०७९ शनिबार १०:२२, काठमाडौँ

गृह मन्त्रालयबारे सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला नेपाली कांग्रेसले भने विपक्षी दलबीचको संवाद सुरु गरेको छ।

सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल सुरु भएको हो। 

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी छन्। 

बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल भइरहेको बताइएको छ। 

राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भने यही माघ २३ गते हुँदै छ। राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।

राष्ट्रियसभाको अध्यक्षमा भने नेकपा एमालेका सांसद देवराज घिमिरे चयन भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .