राजनीति


रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे छलफल हुने

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे छलफल हुने

फाइल तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन १, २०७९ सोमबार ७:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार (१ फागुन) दिउँसो ३ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। 

बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनबारे छलफल हुने बताइएको छ। त्यस्तै, आजको बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, उच्चस्तरीय राजनीति संयन्त्रमा भएको छलफलबारेमा ब्रिफिङ र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ। 

यसअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको थियो। बैठकमा रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचनबारे चासो राखेका थिए। 

संयन्त्रको बैठक लगत्तै पार्टीका उपसभापति, महामन्त्रीसँग लामिछानेले यसबारे छलफल गरेका थिए। त्यसको केहीबेरपछि निर्वाचन आयोगको बैठकले उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको हो। 

मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो।

चितवन–२ मा उम्मेदवार लामिछाने
उपनिर्वाचनमा लामिछाने नै पार्टीको तर्फबाट उम्मेदवार हुने सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। 

‘पार्टीको तर्फबाट सभापति रविजी नै उम्मेदवार बन्नुहुन्छ,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘उहाँ हाम्रो लिडर हो, उहाँकै क्षेत्रमा अरु उठ्ने कुरा रहेन।’

यसबारे आज (सोमबार) बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad