राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति सदस्य २४ जनाबाट बिस्तार गरेर ४० जनाको बनाएको छ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले नयाँ केन्द्रीय समिति सदस्यका रुपमा १६ जना चयन गरेको हो।
मनोनित हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन्।
त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हीत विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ।
सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन भएको उपमहासचिव बर्तौलाले बताए।
को को थपिए?
Shares
प्रतिक्रिया