नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको कैद माफी भएको जानकारी प्रतिनिधिसभालाई दिइएको छ।
सभामुख देवराज घिमिरेले बुधबार बसिरहेको संसद बैठकमा फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीको कैद माफी गरेको जानकारी दिएका हुन्।
सांसद चौधरीले ट्याक्टरमा आगजनी गरेको कसुरमा सजाय पाएका थिए। उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो।
अदालतमा समेत उपस्थित नभइ फरार रहेका उनलाई गत माघ २० गते बाँकेको कोहलपुरबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेर कारागार चलान गरिएको थियो।
कारागार गएको तीन सातामै उनी राष्ट्रपतिले कैद माफी गरिदिएपछि थुनामुक्त भइसकेका छन्।
33
Shares
प्रतिक्रिया