राजनीति


राष्ट्रपतिको चुनावअघि नै एआईजी बढुवाको तयारी, गृहले माग्यो अनुमति

राष्ट्रपतिको चुनावअघि नै एआईजी बढुवाको तयारी, गृहले माग्यो अनुमति

नेपालखबर
फागुन २१, २०७९ आइतबार १६:१७, काठमाडौँ

सरकारले राष्ट्रपतिको निर्वाचनअघि नै नेपाल प्रहरीका ५ अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको तयारी गरेको छ।

राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि गृह मन्त्रालयले बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको छ। 

गृहसचिव विनोद प्रकाश सिंहले एआईजी बढुवाका लागि अनुमति माग गरिएको तर अहिलेसम्म जवाफ नआइसकेको बताए। 

आयोगले अनुमति दिए चैत ३ अघि नै नेपाल प्रहरीमा ५ एआईजी बढुवा हुनेछन्। फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भएकाले त्यसअघि बढुवा गर्न आयोगले अनुमति दिनुपर्छ।

हालका आईजीपी धिरजप्रताप सिंह र बाँकी ३ एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकासमा जाने भएपनि त्यसपछिको नेतृत्व गर्ने प्रहरी डीआईजी नै छन्। 

आईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकासमा जानेछन्। तीन डीआईजी पनि सोही मितिमा ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकासमा जानेछन्। डीआईजीहरु मसाउद आलम खाँ, अनलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य पनि अवकास हुनेछन्। 

उनीहरुको अवकास अघि नै एआईजी बनाएर एआईजीबाट आईजीपी बढुवा गर्ने सरकारको तयारी छ। तर आचारसंहिताका लागि तत्काल बाधा पर्ने भएपछि सरकारले आयोगसँग अनुमति माग गरेको हो। 

को–को बन्लान् एआईजी ? 
२०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही ब्याचका वैकल्पिक मध्येबाट ५ एआईजी बढुवा हुनेछन्। 

एआईजी बन्ने पहिलो सूचिमा डीआईजी वशन्त कुँवर छन्। उनी डीआईजीका पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा रहेका टेकप्रसाद राई पनि एआईजी बन्ने पक्का जस्तै छ। 

डीआईजीको तेस्रो नम्बरमा रहेका र एआईजीमा पहिलो नम्बरमा आएर आईजीपी बन्ने तयारीमा रहेको डीआईजी अशोक सिंह अवकास भइसकेका छन्। उनको अवकाससँगै दीपक थापाको एआईजी बन्ने पक्का छ। थापा २०५१ सालकै प्रहरी निरीक्षक भर्नाका वैकल्पिक हुन्। अरुभन्दा उनी करिव ६ महिनापछि भर्ना भएका थिए। 

उनी बाहेक भने २०५१ कै ब्याचबाट एआईजी बन्ने छन्। डीआईजी श्यामलाल ज्ञवाली र कीरण बज्रचार्य पनि ५ एआईजी बढुवामा पर्ने सम्भावना बढी छ। 

चैत ११ पछि ४ जना एआईजी रिक्त हुनेछ। त्यसबेलाका लागि बाँकी डीआईजी मध्येबाट एआईजी बढुवा हुनेछन्। 

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा मध्येबाट सरकारले एआईजी बढुवा गर्ने छ।

एआईजी बढुवा राष्ट्रपतिको मनोनयनपछि मात्रै, राजनीतिक आडमा चल्दैछ तँछाडमछाड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .