ad ad

राजनीति


उपराष्ट्रपतिमा महिला चाहिने आयोगको अडान, गठबन्धनका नेता त्यतिकै उठे

उपराष्ट्रपतिमा महिला चाहिने आयोगको अडान, गठबन्धनका नेता त्यतिकै उठे

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १८:२३, काठमाडौँ

निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्ने अडान लिएपछि शुक्रबार सिंहदरबारमा बसेको सत्ता गठबन्ध कार्यदलको बैठक त्यतिकै सकिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपतिमा रामचन्द्र पौडेल खस आर्य समुदायबाट राष्ट्रपति बनिसकेपछि अब त्यही समुदायका पुरुषलाई उपराष्ट्रपतिमा स्वीकार्न नसकिने अडान लिएका छन्। 

थपलियाको अडानपछि उपराष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको सत्ता गठबन्धन कार्यदलको बैठक बिनानिष्कर्ष उठेको हो।  सिंहदरवारमा आज अपरान्ह बसेको बैठकले उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

आयोगले महिला नै हुनुपर्ने अडान लिइरहेपछि अब आजै राति वा शनिबार बिहान मात्रै उम्मेदवार तय गर्ने गरी नेताहरु उठेका हु्न्।

बैठकमा निर्वाचन आयोगको पछिल्लो निर्णयबारे छलफल भए पनि केही कुराको टुंगो हुन नसकेको हो। 

आयोगका प्रमुख थपलियाले खसआर्य समुदायका व्यक्ति र पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने बताइरहेका छन्। 

सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने न्यूनतम् समझदारी भएको छ। 

तर आयोगले महिला नै चाहिने भनेपछि गठबन्धन कार्यदलले सहमति जुटाउन नसकेको हो। 

बैठकपछि कार्यदलको संयोजक समेत रहेका नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगको निर्णय संविधानको व्यवस्थाविपरीत रहेको बताएका छन्। 

खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइप्रति असन्तोष जनाए। 

थपलियाले संविधानको व्यवस्थाविपरीत अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए। नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताए। 

उनले संविधानको व्यवस्थाविपरीत आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल नरहेको स्पष्ट पारे। 

खड्काले आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोल्नुभएको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताए। 

उनले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .