ad ad

राजनीति


पत्रकारबारे सभामुखको तिखो टिप्पणी : बिकिरहेका छन्, थर्काउन पनि पछि पर्दैनन्

पत्रकारबारे सभामुखको तिखो टिप्पणी : बिकिरहेका छन्, थर्काउन पनि पछि पर्दैनन्

पत्रकार महासंघको टोलीसँग सभामुख घिमिरे। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
चैत ३, २०७९ शुक्रबार १४:५१, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन्। 

शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन्। 

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे। 

मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो देखा परेको सभामुख घिमिरेको बुझाई छ। उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए। 

सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए। 

उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए। 

‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो। अन्यथा नलिनुहोला, त्यो खालको छैन। पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो छ । जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन्। अझ अर्को भन्ने हो भने त विक्रीमा छन्', उनले भने, 'संघ विक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन। विग हाउसहरुले प्रभावित पारेको छ। थर्काएर गरेको छ। फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ। त्यसको प्रभाव हाम्रो समाजमा निकै परेको छ।' 

यसबाट मुक्त भएर पत्रकारिता र सरकारबीच सम्बन्ध राम्रो बनाएर लैजानुपर्ने उनले बताए। 'पत्रकारहरु पनि यस्तो प्रभावतबाट कसरी मुक्त हुने त? यो समस्याको हल गर्नु पर्छ', उनले  भने, 'यी हाम्रा समस्या हुन । तर अब राज्यले कुनै पनि ऐन, कानुन ल्याउँदा लुकेर ल्याउनुपर्ने त होइन नि।’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .