राजनीति


उपनिर्वाचनका लागि आजदेखि ५ दिनभित्र दल दर्ता गरिसक्नुपर्ने

उपनिर्वाचनका लागि आजदेखि ५ दिनभित्र दल दर्ता गरिसक्नुपर्ने

नेपालखबर
चैत ८, २०७९ बुधबार ७:२०, काठमाडौँ

वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता गर्न सकिने छ।

आयोगले मंगलबार सूचना प्रकाशित गर्दै चैत ८ देखि १२ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।

वैशाखमा तनहुँ १, चितवन २, बारा २ मा उपनिर्वाचन हुँदैछ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त भएको छ।

यसैगरी बारा २ बाट निर्वाचित जसपाका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको थियो। बारा २ मा गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने सम्भावना छ।

यस्तै नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)अध्यक्ष रवि लामिछानेको पद बदर गरेपछि उनी निर्वाचित चितवन २ मा सांसद पद रिक्त भएको थियो।

रिक्त यी क्षेत्रमा एकैपटक निर्वाचन गर्ने तयारी आयोगले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .