राजनीति


‘राइट टू रिजेक्ट’ का प्रदर्शनकारीसँग वार्ता गर्न प्रधानमन्त्रीको निर्देशन

‘राइट टू रिजेक्ट’ का प्रदर्शनकारीसँग वार्ता गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीर


नेपालखबर
चैत ११, २०७९ शनिबार १४:२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदानमा ‘राइट टू रिजेक्ट’को व्यवस्था हुनुपर्ने मागसहित आन्दोलनरत प्रदर्शनकारीसँग वार्ता गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लका अनुसार प्रचण्डले माइतीघर मण्डलामा आन्दोलनरत नन्दराम उपाध्यायलगायतका प्रदर्शनकारीसँग संवाद गर्न सम्वाद  गृहसचिव विनोद सिंहलाई निर्देशन दिएका हुन्।

उपाध्यको नेतृत्वमा १ महिनादेखि उनीहरू माइतीघरमा निर्वाचनमा ‘राइट टू रिजेक्ट’ को व्यवस्था हुनुपर्ने भन्दै आन्दोलनरत छन्।

गृह प्रवक्ताले प्रदर्शनकारीसँग संवाद गर्ने तयारी गरेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .