सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
सरकारलाई समर्थन गर्ने दलका तर्फबाट आजै मन्त्रीहरु चयन गरेर शपथ गराउने तयारी छ।
‘अहिले शीर्ष नेताहरुबीच छलफल भइरहेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो,‘ पहिलो चरणको मन्त्रिमण्डल आज विस्तार हुन्छ। आजै शपथको समेत तयारी छ।
यसअघि बुधबार विहान पनि गठबन्धनका दलबीच छलफल भएको थियो।
नेताहरुका अनुसार प्रत्येक दलबाट कम्तीमा एक जनालाई मन्त्री बनाउने तयारी छ।
नेकपा एकीकृत समाजवादीले उपमहामन्त्री प्रकाश ज्वलालाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष नाम दिएको छ। यस्तै, एकीकृतबाट उपाध्यक्ष बेदुराम भुसाल समेत मन्त्री बनने सूचिमा छन्।
नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काको नाम पनि चर्चामा छ।
अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु छन्।
प्रतिक्रिया