ad ad

राजनीति


नयाँ मन्त्री र उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बस्दै कांग्रेस

नयाँ मन्त्री र उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बस्दै कांग्रेस

फाइल।


नेपालखबर
चैत १६, २०७९ बिहिबार ८:६, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपा बिहान ११ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

यसअघि चैत १४ गतेका लागि बोलाइएको बैठक आज (बिहीबार) का लागि सरेको थियो। 

आजको बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउने बताइएको छ। बैठकले पार्टीबाट सरकारमा कसकसलाई पठाउने भन्ने निर्णय पनि गर्ने छ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको कांग्रेसबाट को–को मन्त्री बन्नेबारे आजको बैठकले औपचारिक निर्णय गर्न लागेको हो। 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .