ad ad

राजनीति


स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई

स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १८:११, काठमाडौँ

नेपाली कांग्रेस परित्याग गरेका अर्थविद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन्। 

वाग्लेले बिहीबार रास्वपाको सदस्यता लिएका हुन्।

यसअघि बिहीबार दिउँसो मात्रै उनले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए।

वाग्ले रास्वपाबाट तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन लड्ने तयारीमा छन्।

उनलाई वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनको टिकट केही दिनमै दिने निर्णय रास्वपाले गर्ने भएको छ।

वाग्लेले कांग्रेस छाडेसँगै बिहीबार अपरान्ह रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका थिए।

त्यसपछि डिजिटल फर्म भरेर पार्टी सदस्यका आवेदन दिएका थिए। आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो।

कांग्रेसमा संस्थापन इतरनिकट वाग्लेले सभापति शेरबहादुर देउवा र पत्नी आरजुकको हेपाहा व्यवहारका कारण पार्टी छाड्नुपरेको बताएका थिए। 

उनी गत मंसिर ४ कै निर्वाचनमा उम्मेदवार हुन तयार थिए।

तर पार्टीले टिकट नदिएपछि असन्तुष्ट उनले रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ एकको प्रतिनिधिसभा सिटका लागि लड्ने  गरी रास्वपाको यात्रा थालेका हुन्।

उनलाई रोक्न बिहीबार कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोसिस गरेका थिए। सानेपा बोलाइएपनि आउन अस्वीकार गरेका उनले सामाजिक सञ्जालमा समेत लेखेर कांग्रेस छाडेको घोषणा गरे।

कांग्रेसमा रहँदा यसो भनेका थिए वाग्लेले (अर्काइभ भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .