राजनीति


कांग्रेस इतर समूहलाई मिलन पाण्डेको सुझाव– पार्टी फुटाउनुहोस्!

कांग्रेस इतर समूहलाई मिलन पाण्डेको सुझाव– पार्टी फुटाउनुहोस्!

फाइल तस्बिर : मिलन पाण्डे


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १०:३०, काठमाडौँ

विवेकशील साझा पार्टीका उपाध्यक्ष मिलन पाण्डेले नेपाली कांग्रेसको इतर समूहलाई पार्टी फुटाउन सुझाव दिएका छन्। 

अर्थविद् स्वर्णिम वाग्लेले कांग्रेस छाडेपछि उनले इतर समूहका नेता डा. शेखर कोइरालालाई पार्टी फुटाउन सुझाव दिएका हुन्। 

कांग्रेस अब कि सुध्रिनुपर्ने कि सकिनु पर्ने पाण्डेको तर्क छ। 

‘अब कांग्रेस कि सुध्रिनुपर्छ कि सकिनुपर्छ। लोकतान्त्रिक मूल्य-मान्यता, प्रगतिशील मुद्दासहितको पार्टी खोजिरहेका मतदातासँग विकल्प र समय दुवै छैन। तपाईंहरुसँग त झन् समय छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘शेखरजी, विश्वप्रकाशजी, गगनजी, प्रदीपजी पार्टीमा निर्णायक हस्तक्षेप गर्नुहोस्। विशेष महाधिवेशनको तयारी गर्नुहोस्। नत्र पार्टी फुटाउनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .