ad ad

राजनीति


कांग्रेसबाट चार जना मन्त्रीको शपथ हुँदै

कांग्रेसबाट चार जना मन्त्रीको शपथ हुँदै

नेपालखबर
चैत १७, २०७९ शुक्रबार १३:१९, काठमाडौँ

नेपाली कांग्रेसका तर्फबाट चार जनाले मन्त्रीको शपथ लिने भएका छन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका हुन्। 

सभापति देउवानिकट स्रोतले शुक्रबार उपसभापति खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले शपथ लिने भएका हुन्। 

खड्काले उपप्रधानसँगै रक्षा, प्रवक्ता महतले अर्थ, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले सहरी विकास मन्त्रीको शपथ लिने स्राेतले जानकारी दिएको छ। 

पर्सा–४ बाट निर्वाचित रिजालले आफूलाई उद्योग मन्त्रीको शपथका लागि खबर आएको जानकारी दिए। यस्तै गुरुङले पनि आफूले सहरी विकासमन्त्रीको शपथ लिन लागेको जानकारी दिइन्। 

कांग्रेसले आठ मन्त्रालय पाएको छ। बाँकी रहेका चार जनाको अर्को चरणमा शपथ हुने बताइएको छ। इतर समूहले तीन मन्त्रालय पाउनु पर्ने अडान राखेर आफ्नो समूहबाट नाम नदिएपछि अन्य नेताहरुको शपथ रोखिएको स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .