गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
आफैंले दुई पटक विश्वासको मत लिइसकेका दाहालले शुक्रबार सातौँ पटक पुनर्गठन गर्दा पनि मन्त्रिपरिषद् अझै पूर्णता पाउन नसकेको हो।
पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले त्यसपछि १४ र १६ फागुनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि अझै ५ वटा मन्त्रालय उनैसँग रहने भएका छन्।
पुनर्गठन हुँदा शुक्रबार नेपाली कांग्रेसबाट चारजना मात्रै नेताले शपथ लिने भएका छन्। कांग्रेसले ८ वटा मन्त्रालय पाएको थियो।
त्यसैगरी माओवादीले ५ वटा मन्त्रालय पाएको छ। उता दुई मन्त्रालय पाएको नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री हुँदैछन्।
दुई नै मन्त्रालय पाएको जनता समाजवादी पार्टीले अशोक राईलाई मात्रै सरकारमा पठाएको छ। राजकिशोर यादव र प्रदीप यादवको नाममा विवाद भएपछि राईले मात्रै शुक्रबार शिक्षा मन्त्रीको शपथ लिँदैछन्।
कुन दलबाट को मन्त्री?
नेपाली कांग्रेस
पूर्णबहादुर खड्का-उपप्रधान तथा रक्षा मन्त्री
डा. प्रकाश शरण महत-अर्थमन्त्री
रमेश रिजाल-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
सीता गुरुङ-शहरी विकास मन्त्री
नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री
शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री
सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
एकीकृत समाजवादी
बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री
प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री
जसपा
अकोश राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
लोसपा
शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
नाउपा
रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
नेसपा
महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
जनमत
अब्दुल खान-खानेपानी तथा सरसफाइ मन्त्री
प्रधानमन्त्रीसँगका मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
प्रतिक्रिया