ad ad

राजनीति


कर्णालीमा माओवादी बैठक : एमालेको साथ छाडेर कांग्रेससँग सम्झौता तयारी

कर्णालीमा माओवादी बैठक : एमालेको साथ छाडेर कांग्रेससँग सम्झौता तयारी

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १४:१६, सुर्खेत

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक शुक्रबार बसेको छ। 

शुक्रबार दिउँसो ३ बजे कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदैछन्। 

त्यसैलाई लक्षित गरेर माओवादी संसदीय दलको बैठक बसेको हो। 

११ बजेबाट सुरु भएको बैठक सकिएको छ। बैठकमा अहिलेलाई विश्वासको मत लिएर जाने र त्यसपछि मात्रै सरकारबारे निर्णय गर्ने कुरा भएको छस। 

माओवादी संसदीय दलका सचेतक रणसिंह परियारले अहिले विश्वासको मत लिएर जाने र मुल रुपमा केन्द्रमा भएको गठबन्धनलाई आधार मानेर नेपाली कांग्रेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको बताए। 

‘हामीले मत सबै दल सँग माग्ने निर्णय गरेका छौँ। केन्द्रको पार्टीको निर्णय, निर्देशन र केन्द्रको गठबन्धनको आधारमा मत माग्ने मौखिक निर्णय भएको छ,' उनले भने, 'एमालेसँग पनि मत माग्ने। तर, अपौचारिक रुपमा दलीय निर्णय गरेर अगाडि बढ्ने सम्भावना देखिएन। अब औपचारिक रुपमा कांग्रेससँग सम्झौताका लागि अगाडि बढ्ने हो।’

बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल सहभागी थिए। 

परियारले औपचारिक रुपमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा अब नरहेको स्पष्ट पारे। 

यसअघि एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए। केन्द्रमा चुनावी गठबन्धन ब्युँतिएपछि प्रदेशमा पनि त्यही अनुसारको सत्ता सहकार्य हुने करिब निश्चित जस्तै देखिएको छ।

यता नेपाली कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन। औपचारिक निर्णयका लागि यतिबेला कांग्रेस संसदीय दलको बैठक जारी छ। एमालेले भने कांग्रेसको निर्णयलाई पर्खेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .