राजनीति


तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै राहुल गान्धी

तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै राहुल गान्धी

फाइल फाेटाे : राहुल गान्धी


नेपालखबर
चैत १९, २०७९ आइतबार १८:२८, सुरत

गुजरातको एक अदालतबाट मानहानि मुद्दामा दोषी ठहरिएका भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन्। 

गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ। नेता गान्धीले सेसन कोर्टको उक्त फैसलाविरुद्ध सोमबार पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन्। 

‘तल्लो अदालतको आदेशलाई चुनौती दिँदै भोलि सुरत अदालतमा  अपिल दायर गरिनेछ, राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुनेछ,’ नेता गान्धीको कानुनी समूहका एक सदस्यले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै पीटीआईलाई भनेका छन्। 

उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उनलाई अवसर दिँदै ३० दिनका लागि सजाय स्थगन गरेको छ। मानहानि मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य रहेका गान्धी विधायकका निम्ति अयोग्य घोषित हुँदै पदबाट बर्खास्त भएका छन्। बाउन्न वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता (आईपीसी) धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको हो। 

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानि भएको ठहर अदालतले गरेको हो। सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए। उनले भगौडा व्यापारी निरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा) का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए। रासस/पीटीआई) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .