ad ad

राजनीति


सञ्चारमाध्यमहरू भजनमण्डली बन्न हुँदैन : सञ्चारमन्त्री शर्मा

सञ्चारमाध्यमहरू भजनमण्डली बन्न हुँदैन : सञ्चारमन्त्री शर्मा

नेपालखबर
चैत २०, २०७९ सोमबार ११:५७, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी छिन्। 

सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी हुन्। 

‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ। त्यसलाई हामीले प्रतिनिधि सभामा पु¥याउन खेज्दैछौँ। हामीले भनेका छौं,’ उनले भने, ‘सञ्चारमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ। तिनीहरू भजनमण्डली हुनुहुँदैन भनेका छौँ। भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसदमा गएको छ।’

उनले कतिपय सञ्चारमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन्।

उनले प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने बताए। 

सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रश्तुत गर्ने तयारी गरिरहेको पनि उनले बताए। 

‘त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ,’ उनले भने, ‘हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानूनहरु जुन हाम्रो अभाव छ, ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौँ।’

मन्त्री शर्माले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु सञ्चारमाध्यमहरुले प्रशरण एवं प्रकाशन गर्न जरुरी रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .