राजनीति


शान्ति प्रक्रियाका बाँकी काम हरहालतमा पूरा गर्नुपर्छ– गृहमन्त्री श्रेष्ठ

शान्ति प्रक्रियाका बाँकी काम हरहालतमा पूरा गर्नुपर्छ– गृहमन्त्री श्रेष्ठ

नेपालखबर
बैशाख ९, २०८० शनिबार ११:२, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम तत्काल सक्नुपर्ने बताएका छन्। 

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारण सभालाई शनिबार अनामनगरमा सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया सम्पन्न नगरे थप समस्या बढ्ने बताए। 

‘शान्ति प्रक्रियाका बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुपर्छ’, उनले भने, ‘यसलाई पूरा हुन नदिन निकै कोसिस भइरहेका छन्।’

मुलुक शान्ति प्रक्रियामा आएपछि अन्य सबै काम भए पनि शान्ति प्रक्रियाकै काम सम्पन्न नहुँदा समस्या बल्झिने उनले बताए। 

‘संविधान जारी भएको ७ वर्ष बितिसक्यो, शान्ति प्रक्रियामा आएकै दशक नाघ्यो, अब धेरै लम्ब्याउनु हुँदैन’, श्रेष्ठले थपे ।

अर्को एक प्रसंगमा उनले अर्थतन्त्रलाई चलायमान गराएर अघि बढ्न सरकार प्रयासरत रहेको दाबी गरे।

‘बाहिर हल्ला गरेजस्तो गम्भीर संकटमा छैन तर, समस्या देखिएको छ’, उनले भने, ‘यो सुधार हुन्छ, केही कार्यक्रम अघि बढेका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .