प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्।
अहिलेसम्म इच्छाकामना गाउँपालिकाका ७ वटै वडाको मतगणना सकिएको छ। अब भरतपुर महानगरपालिकाको १ र २ नम्बर वडाको मतगणना हुने बताइएको छ।
पछिल्लो मतगणना अनुसार लामिछानेले ४ हजार ३५८ मत प्राप्त गरेका छन्।
९ हजार ४४० मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५४४ मतका साथ लामिछानेलाई पछ्याइरहेका छन्।
दोस्रोमा रहेका एमाले उम्मेदवार न्यौपाने भन्दा लामिछानेको मत १ हजार ८१४ मत बढी छ।
तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले २ हजार २०५ मत ल्याएका छन्।
चितवनमा ७८ हजार २७७ मत खसेको छ।
33
Shares

प्रतिक्रिया