राजनीति


राष्ट्रपतिले बोलाए संघीय संसद्‌को अधिवेशन

राष्ट्रपतिले बोलाए संघीय संसद्‌को अधिवेशन

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८० बुधबार १८:८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्‌ अधिवेशन आह्वान गर्न गरेको सिफारिसअनुसार राष्ट्रपतिले उक्त आह्वान गरेका हुन्। 

राष्ट्रपतिले संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आगामी वैशाख २४ गते अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेका हुन्। 

यही वैशाख १५ मा संसद्‌को हिउँदे अधिवेशन सकिएको थियो। राष्ट्रपतिको आह्वानसँगै अब संघीय संसद्‌को बजेट अधिवेशन सुरु हुनेछ।

राष्ट्रपतिको आह्वानअनुसार संघीय संसद्‌ सचिवालयले सबै सांसदहरुलाई अधिवेशन सुरु हुने दिन उपस्थित हुन आग्रह गरेको छ। 

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०५० साल वैशाख २४ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आहृवान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरुको उपस्थितिको लागि अनुरोध गर्दछु’, संसद्‌ सचिवालयका महासचिव डा. भरतराज गौतमले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .