पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय र भाषिक पहिचानका आधारमा प्रदेशको नाम राख्दा देश टुक्रिन्छ भन्नु गलत भएको बताएका छन्।
उनले अमेरिका र भारतको उदाहरण दिँदै ती दुवै देशमा जातीय र भाषिक पहिचानका आधारमा राज्य र प्रदेशहरुको नाम रहेको उल्लेख गरेका छन्।
प्रदेश ३ को नाम र राजधानीलाई लिएर भइरहेको पछिल्लो बहसमा आधारित रहेर उनले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्
उनले अमेरिकामा अलाबामा, हवाइ, इलिनोइ, मिसिगन टेक्सास लगायतका २६ राज्य र भारतमा तामिलनाडु, नागल्यान्ड, मिजोरम, बंगाल, पञ्जावजस्ता राज्य जातीय र भाषिक पचिनामा आधारित रहेको दावी गरेका छन्।
उनले प्रदेश ७ को राजधानी अत्तरीया र गोदवारी लाद्नु, प्रदेश ३ मा बारा, पर्सा रौटहट र २ मा दोलखा, रामेछाप, सिन्धुली राख्नु पञ्चायतकालीन अञ्चलको पुनस्र्थापना भएको बताएका छन्। नेकपाका अध्यष पुष्पकमल दाहालले दुईअध्यक्षीबीचको छलफलमा यस्तो पस्ताव गरेको भन्ने समचार सार्वजनिक भएपछि अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।
जातीय, भाषिक लगायत सबैखालको उत्पीडनको अन्त्य गर्ने भन्दै जनयुद्धको नेतृतव गरेका प्रचण्डले यस्तो प्रस्ताव गर्नु जनयुद्धका सहिदको अपमान भएको बताएका छन्।
‘७नंको अत्तरियारगोदावरी लाद्नु सरासर धोका हैन? प्रदेश ३ को नाउँ जाति–भाषाको पहिचानमा राख्दा देश टुक्रन्छ भन्नु सरासर झुटको खेती हो। अमेरिकामा अलाबामा, हवाइ, इलिनोइ, मिसिगन टेक्सासलगायत २६ राज्य के हुन्रुभारतमा तामिलनाडु,नागाल्याण्ड, मिज़ोरम, बंगाल,पंजाब आदि के हुन्?’, सामाजक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले लेखेका छन्, ‘अझै लाज पचाएर पर्सा, बारा, रौतहट ३ नं प्रदेशमा, दोलखा, रामेछाप, सिन्धुली २नं प्रदेशमा राख्ने कुरा गर्नु पञ्चायतकालीन अञ्चलको पुनर्स्थापना नभए के हो? विशेषत प्रचण्ड कणले जनयुद्धका सहिदको रगतमाथि यसरी होली खेल्न मिल्छ? अब तपाईंहरूको विकल्प विष खाएर मर्ने हैन लत्रेर जिउँदै मर्ने कि लडेर अमर हुने भन्ने हो।’
पर्सा,बारा,रौतहट ३नं प्रदेशमा,दोलखा,रामेछाप,सिन्धुली२नं प्रदेशमा राख्ने कुरा गर्नु पंचायतकालीन अन्चलको पुनर्स्थापना नभए के हो?विशेषत प्रचण्ड कणले जनयुद्धका सहीदको रगतमाथि यसरी होली खेल्न मिल्छ?अब तपाईंहरूको विकल्प विष खाएर मर्ने हैन लत्रेर जिउंदै मर्ने कि लडेर अमर हुने भन्ने हो!
— Baburam Bhattarai (@brb1954) January 8, 2020नेकपाले प्रदेश ३ को नाम र राजधानी बागमती र हेटौँडा राख्ने प्रस्ताव गरेपछि पार्टीकै सांसद त्यसको पक्ष र विपक्षमा विभाजित भएका छन्। कांग्रेस, राप्रपा लगातका दलहरुले पनि राजधानी हेटौँडा रख्ने विषयमा सहमति जनाएका छन् भने नामका विषयमा केही सांसदहरुले फरक मत राखेका छन्।

प्रतिक्रिया