राजनीति


ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

फाइल तस्बिर।


नेपालखबर
बैशाख २३, २०८० शनिबार १४:३०, काठमाडौँ

सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शनिबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको हो। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। 

स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका हाइ प्रोफाइल नेताहरूको अनुसन्धानका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चासो दिएका छन्। 

सिहंदरबारमा आज (शनिबार) उनीहरुबीच २ घन्टा लामो छलफल भएको थियो। लगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .