ad ad

राजनीति


नवनियुक्त मन्त्रीको शपथ (तस्बिर)

नवनियुक्त मन्त्रीको शपथ (तस्बिर)

नेपालखबर
जेठ १०, २०८० बुधबार १०:५२, काठमाडौँ

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ खाएका छन्। 

आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ खाएका हुन्।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन्। 

प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपतिले जनता समाजवादी पार्टीका नेताहरू महतो र कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्रीमा नियुक्ति दिएका थिए। 

शपथका क्रममा खिचिएका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .