राजनीति


शरणार्थी प्रकरणमा विशेष संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ : रास्वपा

शरणार्थी प्रकरणमा विशेष संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ : रास्वपा

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार ११:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

अहिले आरोप लाग्न बाँकी कुनै राजनीतिक दल बाँकी नरहेकाले कसैलाई विश्वास गर्ने वातावरण नभएको बताए। अहिले सरकार यस प्रकरणमा नाम मुछिएकालाई सोधपुछ गर्न पनि डराएको आरोप लगाए।

'जुनजुन निकाय यसमा लागि परेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण छैन। ज-जसको नाम आएको छ तिनलाई छानबिनको दायरमा पनि ल्याउन नसक्नेगरी सोधपुछ सम्म गर्न नहुनेगरी किन डराएको हो?' उनले भने।

उनले सर्वसाधारणको हकमा बयान लिन आउँछु भन्दाभन्दै समातिएकोव तर अहिले उच्च पदस्थलाई आरोप लाग्दा सोधपुछ समेत नगरिएकोमा आपत्ति जनाए।

'गृहमन्त्रीले मुटु दरो छ, प्रधानमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, उहाँको मुट कहाँ गएर चेक गर्ने?' उनले भने, 'हाम्रा हकमा बयान दिन आउँछु भन्दाभन्दै धरकपड गरेर लिएर गएको इतिहास छ, न्युजरूमबाट समातिएको मान्छे म यहीँ छु। एकपटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरू? यो गम्भीर विषय छ। हरेक नाम आएका व्यक्तिसँग सोधपुछ गर्नुपर्‍यो। कारवाहीको दायरमा ल्याउनुपर्‍यो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .