राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयता खारेज गर्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत सेनाको सङ्ख्या घटाउने होइन, बरु संघीयता नै खारेज गर्नुपर्ने बताए।
‘सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले नेपालको भूराजनीति एवं आन्तरिक/बाह्य सुरक्षा संवेदनशीलता बुझेका छैनन्। घटाउनुपर्ने त वेतनभोगी जनप्रतिनिधिहरूको संख्या हो। नेपाल जस्तो देशलाई किन चाहिन्छ करिब १०० मन्त्री, ५०० सासंद, हजारौंको संख्यामा तलवभत्ता खाने जनप्रतिनिधिहरु? संघीयता खारेज गरौं।’
171
Shares

प्रतिक्रिया