राजनीति


नाम जेसुकै राखेपनि सबै पार्टी प्रजातान्त्रिक छन् : देउवा

नाम जेसुकै राखेपनि सबै पार्टी प्रजातान्त्रिक छन् : देउवा

फाइल फोटो


नेपालखबर
भदौ १, २०८० शुक्रबार १३:२९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले पार्टीका नाम जुनकुनै राखेपनि सबै पार्टीहरु प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताएका छन्।

शुक्रवार नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अहिले पार्टीहरु प्रजातन्त्रवादी छन् भन्दै उनले भने, ‘पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गर्नुभएको छ। संविधानअनुसार पार्टी चलेका छन्।’

सभापति देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए।

‘कर्मचारी भनेको स्थायी सरकार हो। हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो। त्यो स्थायी सरकार सशक्त हुनुपर्छ’ उनले भने, ‘भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक, पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ। अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ।’

सभापति देउवाले डेंगु संक्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपायहरु अवलम्वन गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad