राजनीति


भ्रष्टाचारका काण्डहरूलाई ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना देखिन्छ : गगन थापा

भ्रष्टाचारका काण्डहरूलाई ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना देखिन्छ : गगन थापा

नेपालखबर
भदौ ११, २०८० सोमबार १९:१, काठमाडौँ

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ठूला भ्रष्टाचारका काण्डहरूमा बन्द कोठामा बसेर सामसुम पार्ने काम भइरहेको दाबी गरेका छन्। 

सोमबार अपरान्ह सामाजिक सञ्जालमार्फत थापाले भ्रष्टाचारका काण्डहरूलाई अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना बढ्दै गएको टिप्पणी गरेका छन्। 

थापाले यस्ता घटनामा छानबिन गर्न मिल्नुपर्ने भन्दै एउटै पार्टीभित्र समान धारणा भएकाहरू एकाकार हुन आग्रह गरेका छन्। 

‘राना घटनाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणका लागि बनेका हाम्रा कानुनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलहरुमा काम गर्न यी घटनाहरूले हामीलाई झकझकाइरहेका छन,’ उनले भनेका छन्, ‘तर, यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुलु बनाउने सम्भावना एकदमै देखिन्छ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाउनुपर्ने पनि बताएका छन्। 

‘संसद बाट स्वार्थको द्वन्द्वसम्बन्धी कानुन अविलम्ब पारित गरौँ। अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्ष रूपमा काम गर्नका लागि के के कानुनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गरौं,’ थापाले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .