राजनीति


फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ गए एमाले अध्यक्ष ओली

फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ गए एमाले अध्यक्ष ओली

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८० आइतबार ११:४८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँचथर सदरमुकाम फिदिमबाट हेलिकप्टरमा सीममाक्षेत्रस्थित चिवाभञ्ज्याङ गएका छन्।

स्थलमार्गबाट जान समस्या भएपछि हेलिकप्टर प्रयोग गर्नु परेको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए।

खतिवडाका अनुसार अध्यक्ष ओली मध्यपहाडी राजमार्गको पूर्वीबिन्दु चिवाभञ्ज्याङमा झण्डात्तोलन काठमाडौँ फर्किने तयारीमा छन्।

एमालेका अन्य नेताहरू भने चिवाभञ्ज्याङ पुगिसकेका छन्। अहिले उनीहरू नेपाल-भारत सीमाक्षेत्रनजिकै अध्यक्ष ओलीलाई कुरिरहेका छन्। 

मङ्सिर १४ गतेदेखि सुरु एमालेको  झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो।

एमाले उपमहासचव पृथ्वी सुब्बा गुरुङ र सचिव गोकर्ण विष्टसहितको टोली चिवाभञ्ज्याङ पुगिसकेकाे छ।  

चिवाभञ्ज्याङ पुग्ने पहिलो टोलीमा केन्द्रीय नेताहरु राजेन्द्र गौतम, गोविन्द थापा, अइन्द्र सुन्दर नेम्वाङ, विनोद श्रेष्ठ लगायत नेताहरु थिए।अभियानमा संलग्न अन्य नेताहरू पनि चिवाभञ्जयाङ पुग्ने क्रम जारी छ। 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा यो यात्रा थालिएको थियो। 

यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन हुँदैछ। पाँचथरको यो भञ्ज्याङ भारतको सिक्किमसँग जोडिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad