राजनीति


वर्तमान सरकारले राम्रो गर्न सकेन : प्रथम राष्ट्रपति यादव

वर्तमान सरकारले राम्रो गर्न सकेन : प्रथम राष्ट्रपति यादव

नेपालखबर
पुस २१, २०८० शनिबार १८:१२, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जिकिर गरे।

देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताउँदै उनले दैनिक हजारौँ मानिसहरू विदेश गइरहेकोप्रति पनि गुनासो समेत गरे। देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताउँदै उनले सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने बताए।

‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरु पार्टीहरूले राम्रो गरेनन्। राम्रो गर्नुपर्ने त्यो कुरा सही हो। गर्न सकिरहेको छैनन्। तर हामी एउटा बाटोमा छौँ। प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ। निश्चय नै शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय छ,’ उनले भने।

प्रथम राष्ट्रपति यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरु एक हुनुपर्ने पनि बताए।

‘५० औं लाख मानिस विदेश छन्। तर हामी लोकतान्त्रिक प्रोसेसमा छौँ, कोर्स करेक्शन हुन्छ भन्ने आशा गरौँ। हामीले पछि फर्किएर हेर्ने समय छैन। हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ। यो देश, राष्ट्रको अस्तित्व कायम रहोस् भनेर काम गर्नुपर्छ। आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .