सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन्।
राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको मुख्यसचिव पौडेलले बताए।
राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरिँदै छ।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ।
कांग्रेसले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ।
12
Shares
प्रतिक्रिया