ad ad

राजनीति


त्यो साँझ काठमाडौँमा भएको भए म पनि प्रधानमन्त्रीसँग सारंगी रेटिरहेको हुन्थेँ : प्रचण्ड

त्यो साँझ काठमाडौँमा भएको भए म पनि प्रधानमन्त्रीसँग सारंगी रेटिरहेको हुन्थेँ : प्रचण्ड

नेपालखबर
माघ २५, २०७६ शनिबार १२:४४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकापा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बालुवाटारमा सारंगी साँझ हुने दिन आफू राजधानी बाहिर भएका कारण छुटेको बताएका छन्।

शनिबार कान्तिपुर कन्केल्भमा प्रचण्डसँग परिसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बालुवाटारमा सारंगी साँझ हुने दिन आफू पोखरामा रहेको बताए।

अध्यक्ष उनले सो सांगीतिक साँझ हुने दिन बिहान आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको र प्रधानमन्त्रीले आफूले सांगीतिक साँझ गर्न लागेका कारण बस्न अनुरोध गरेको स्मरण गरे।

‘त्यसको म्यासेज त के हुन्थ्यो थाहा भएन। म बिहानै बालुवाटारमा प्रधानमन्त्रीजीसँग थिए, उहाँले बेलुका सांगीतिक साँझ राखेको छु तपाईं त बस्नै पर्छ भन्नु भएको थियो’, अध्यक्ष प्रचण्डले भने।

उनले आफू पोखरामा पूर्वनिर्धारित कार्यक्रम रहेका कारण सो दिन पोखरा गएको बताए। आफूलाई सारंगी र बाँसुरी साँझ भन्ने जानकारी नभईं संगीतिक साँझ हुने भन्ने जानकारी रहेको बताए। उनले आफूले भोलिपल्ट बल्ल सारंगी र बाँसुरी देखेको बताए।

‘मलाई सारंगी र बाँसुरी भन्ने ता जानकारी थिएन, भोलिपल्ट हेर्दाखेरी सारंगी र बाँसुरी देखेँ’, उनले भने, ‘मलाई एक मनले लाग्क्ष्यो कस्सो बँचेछु भन्ने? अर्को मनले म पनि भएको भए मज्जै हुन्थ्यो, म पनि एउटा सारंगी रेटिरहेको हुन्थेँ भन्ने लाग्यो।’

Image result for बालुवाटारमा सारंगी साँझ

उनले कार्यक्रममा आफूलाई छुटाइएको नभइ कार्यक्रमका कारण छुटेको बताए। ‘म यहाँ (काठमाडौँ) भएको भए म पनि त्यहाँ हुन्थे र एउटा सारंगी मैले पनि समातेको हुन्थेँ’, उनले भने।

 मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सारंगी साँझको आयोजना गरेका थिए। सो साँझा प्रधानमन्त्री ओलीले पार्टीका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँ बायँ राखेर बीचमा बाँसुरी बजाइरहेको तस्बिर सार्वजनिक भएको थियो। दुवै वरिष्ठ नेताहरुले भने सारंगी समातेका थिए। अर्का अध्यक्ष प्रचण्डलाई नदेखेपछि पूर्व एमालेसमूहलाई मात्रै बोलाइएको भनेर आलोचना समेत सुरु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .