राजनीति


सहभागी धेरै भएपछि माओवादीले समूह विभाजन १३ बाट २० पुर्‍यायो

सहभागी धेरै भएपछि माओवादीले समूह विभाजन १३ बाट २० पुर्‍यायो

तस्बिर : सागर न्यौपाने


नेपालखबर
फागुन १, २०८० मंगलबार १४:५६, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा सहभागी धेरै भएपछि छलफल अघि बढाउन समस्या भएको छ।

विधान मस्यौदामाथि छलफलका लागि माओवादीले अधिवेशनमा करिब १३ सयजना नेता-कार्यकर्ताहरूलाई सहभागी गराएको छ।

पार्टीको संगठनात्मक संरचना फेर्ने गरी माओवादीले विधान मस्यौदामाथि छलफलका लागि विभिन्न १३ वटा समूह बनाएको थियो। 

तर संख्या धेरै भएको भन्दै ५० जनालाई राखेर अब २० समूह गठन गरिएको छ।

१३ वटा बढाएर नेता-कार्यकर्ताको समूह २० वटा बनाइएपछि माओवादीले बुधबारसम्म छलफल  चलाउने भएको छ। 

२० समूहमा विभाजित नेता-कार्यकर्ताहरूको सुझाव संकलन गरेपछि माओवादीले आफ्नो विधान संशोधन अघि बढाउने छ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान परिमार्जनमाथि छलफल गर्न अधिवेशन भइरहेको छ। 

तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट पनि सुझाव ल्याएको छ। 

विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान भद्दा भएको भन्दै परिमार्जन गरी चुस्त बनाइने बताएका छन्।

माओवादीले विधान अधिवेशनमार्फत केन्द्रीय समितिसहित संगठनको आकार छरितो बनाउने भएको छ। मा‌ओवादीले केन्द्रीय समितिलाई १५० आसपास ल्याउने गरी छलफल अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .